Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो संसद यात्रा सुरु

राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो संसद यात्रा सुरु


  • 2.2K
    Shares

    राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो संसद यात्रा सुरु

    राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पौडेलले आगामी शुक्रवार नयाँ बानेश्वर पुगेर संसद बैठकलाई सम्बोधन गर्नुहुनेछ ।

    सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पौडेल जेठ ५ गते संसद भवन जाने मिति प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठकले तय गरेको हो ।

    फागुनको अन्तिम साता राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पटक पटक बिरामी भईरहेकाले । पछिल्लो पटक वैशाख पहिलो साता भारतको नयाँ दिल्लीमा उपचार गराएर स्वदेश फर्किएका हुन् । स्वास्थ्यलाभ गर्दै शीतल निवासमा बस्दै आएका पौडेल झण्डै डेढ महिनापछि सार्वजनिक कार्यक्रममा सामेल हुन लागेका हुन् ।

     

    प्रकाशित मिति :जेठ १ २०८० सोमवार - १०:४४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij