२०८२ भाद्र २ गते सोमवार
प्रधानमन्त्री पुषपकमल दाहाल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
आज भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।
राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा सङ्घीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij