Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकियो, फागुन ११ पछि यसरी आउने भो फैसला  

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकियो, फागुन ११ पछि यसरी आउने भो फैसला  


  • 6.3K
    Shares

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकियो, फागुन ११ पछि यसरी आउने भो फैसला  

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पक्ष विपक्ष र एमिकस क्युरीको तर्फबाट बहस गर्ने क्रम आजबाट सकिएको छ । एमिकसर क्युरीका पाँच सदस्यमध्ये गीता संग्रौलाले बहस टुंग्याएपछि फागु ११ गतेपछि कुनै पनि दिन फैसला आउने भएको छ ।

    एमिकस क्युरीको राय सकिएपछि फागु १० गतेसम्म बहस नोट पेश गर्न समय दिइएको छ । ११ गतेपछि फैसलाको प्रक्रिया शुरु हुने र त्यसपछि जति बेला पनि अदालतको फैसला आउने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले इजलासमा जानकारी दिए ।

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा पुस ७ गते नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरु र अन्य विभिन्न व्यक्तिले रिट दायर गरेका थिए ।

    ठिक २ महिनापछि संवैधानिक इजलासमा बहस सकिएको हो । प्रधानन्यायाधीश राणा अध्यक्षताको संवैधानिक इजलासमा विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी न्यायाधीश सदस्य छन् ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - १४:२५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij