Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आफ्नै विहेको गहना बोकेर हिँडेका शुलभ घरै न पुगी अस्ताए

आफ्नै विहेको गहना बोकेर हिँडेका शुलभ घरै न पुगी अस्ताए


  • 2.3K
    Shares

    आफ्नै विहेको गहना बोकेर हिँडेका शुलभ घरै न पुगी अस्ताए

    बुटवल घरका जेठा छोरा शुभ विहेको तयारीमा थिए। पुर्ख्यौली घर रुकुमपूर्व भए पनि लामो समयदेखि उनको परिवार प्युठानस्थित झिमरुक गाउँपालिका-४ बांगेफेदीमा बसोबास गर्दै आएका छन्।

    काठमाडौं र बुटवलस्थित ट्राफिक चोकमा जेनश नामक कन्सल्टेन्सीका सञ्चालकसमेत रहेका शुलभ शाह पाँच दिनअघि काठमांडौंबाट घरको यात्रा तय गरे। एकदिन बुटवलको बसाइपछि सोमबार उनी प्युठानतिर लागे।

    पारिवारिक स्रोतका अनुसार केही महिनापछि विहेको तयारीका लागि पारिवारिक सरसल्लाहका लागि जाँदै थिए उनी। आफ्नै विहेका लागि झोलामा करिब पाँच तोला सुनका गरगहना बोकेर उनी बुटवल बाट घरको यात्रा तय गरेका थिए। तर, विहेको सपना त पूरा भएन नै, २४ वर्षीय शुभल घरमै नपुगी बीचबाटोमै अस्ताए। उनको दुर्घटनामा निधन भयो। उनी दुर्घटना भएको ठाउँबाट घरसम्म पुग्न करिब दुई घण्टा लाग्छ।

    प्युठानको सरुमारानी गाउँपालिका-६ स्थित मोतीपुरमा उनी सवार लु५८प ६१२० नम्बरको मोटरसाइकल दुर्घटना भयो। टाउकोमा गम्भीर चोट लागेको शाहको उपचारको क्रममा जिल्ला अस्पताल विजुवारमा निधन भयो। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। उनको निधनले सिंगो गाउँ शोकमा डुबेको छ।

    प्रकाशित मिति :बैशाख २९ २०८० शुक्रवार - १५:३९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij