२०८२ भाद्र ११ गते बुधवार
बजारमा उपभोग्य वस्तुको मागमा शिथिलता देखिन थालेसँगै होलसेल व्यवसायीहरुले मूल्य घटाएर खाद्यान्न बिक्री गर्न थालेका छन् । बजारमा वस्तुको बिक्री घट्दा जसरी पनि आर्थिक कारोबार व्यवस्थापन गर्नु पर्ने दबाब र स्रोतमै वस्तुको मूल्य घटेका कारण खाद्यान्नको होलसेल बजार तीन महिना अवधिमा ३० देखि ४० प्रतिशतसम्मले घटेको व्यवसायीहरुको दाबी छ । तर खुद्रा बजार भने महँगो नै रहेको उपभोक्ताहरु बताउँछन् । होलसेल खाद्यान्न व्यापार गर्ने व्यवसायीहरुकाअनुसार गत फागुनको तुलनामा धेरै प्रकारका खाद्यान्नको बजार मूल्य होलसेलमा सस्तो भएको छ ।
नेपाल खुद्रा व्यापार संघको मासिक बजार मूल्य बुलेटिनले पनि मूल्य घटेको देखिन्छ । तर, किराना पसलहरुले होलसेलको दाबीअनुसार मेलखाने परिमाणमा वस्तुको मूल्य नघटाएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप लगाउँछन् ।
खाद्यान्नका होलसेल व्यवसायी एवम् टोखा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जया फुँयालका अनुसार बजारमा धेरै खपत हुने जिरा मसिनो चामलको मूल्य बोरामै ३ सय रुपैयाँले मूल्य घटेको छ । फागुनमा २ हजार ३ सय रुपैयाँ पर्ने यस्तो चामलको होलसेल मूल्य अहिले २ हजार रुपौयाँमा झरेको छ ।
यो भनेको किलोमा १२ रुपैयाँसम्म मूल्य घटेको उनले बताए । यस अघिप्रति किलो ९२ रुपैयाँ पुगेको चामलको मूल्य अहिले घटेर ८० रुपैयाँमा झरेको छ । यस्तै २५० रुपैयाँ लिटरमा बिक्री भइरहेको सूर्यमुखी तेलको मूल्य लिटरमै ७० रुपैयाँले घटेर १८० रुपैयाँमा झरेको छ ।
खाद्यान्नको तुलनात्मक होलसेल मूल्य
खाद्यान्न | फागुन महिनाको होलसेल मूल्य किलो/लिटर | वैशाख अन्तिम साताको होलसेल मूल्य किलो/लिटर | प्रतिकिलो/लिटर घटेको मूल्य | |
जिरा मसिनो चामल | ९२ | ८० | १२ | |
खाने तेल | सूर्यमुखी | २५० | १८० | ७० |
भटमास | २४० | १८० | ६० | |
सुजी पिठो | १३० | ११० | २० | |
मैदा | ८४ | ६४ | २० | |
मुसुराको दाल | १३५ | १२८ | ७ | |
डाल्डा घिउ | २२५ | १७५ | ५० |
सोयबिन तेलको मूल्य २४० रुपैयाँबाट घटेर १४५ रुपैयाँमा होलसेल कारोबार भइरहेको छ । ४ हजार २ सय रुपैयाँ पर्ने प्रतिबोरा मैदाको मूल्य ३२ सय रुपैयाँमा झरेको छ यो भनेको किलोमा २० रुपैयाँको गिरावट हो । मुसुराको दालको मूल्य प्रतिकिलो ७ रुपैयाँले घटेर १२८ रुपैयाँमा झरेको छ । यस अघि १३५ रुपैयाँ किलोमा मुसुराको दाल होलसेल बिक्री हुन्थ्यो ।
१३० रुपैयाँ किलोमा बिक्री हुने सुजीको पिठोको मूल्य किलोमै २० रुपैयाँले घटेर ११० देखि १९० रुपैयाँसम्ममा झरेको छ । यो भनेको किलोमै १० रुपैयाँ भन्दा बढी सस्तो हो । मासको दाल २ देखि ३ रुपैयाँ र चिनी ४ रुपैयाँले किलोमा बढेको छ । मोटा मन्सुली चामल चाहिं किलोमा ५ रुपैयाँले बढेको छ ।
हो
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij