२०८२ माघ ७ गते बुधवार
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं प्रहरी परिसर टेकु पुर्याइएको छ।
उनलाई चाबहिलस्थित उहाँकै निवासबाट पक्राउ गरेर अपराध महाशाखा बानेश्वर लगिएको थियो। त्यहाँ सामान्य सोधपुछपछि उनलाई काठमाडौं प्रहरी परिसर लगिएको हो। प्रहरीले खाँणसँगै उनका निजी नरेन्द्र केसीलाई पनि नियन्त्रणमा लिएको छ।
उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन्।
योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij