Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आजको राशिफल : २०८० बैशाख २६ गते (मंगलवार)

आजको राशिफल : २०८० बैशाख २६ गते (मंगलवार)


  • 9.3K
    Shares

    आजको राशिफल : २०८० बैशाख २६ गते (मंगलवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। सजिलै काम सम्पादन हुनाले दिगो योजना बन्नेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । काम दोहोर्याउनुपर्ने स्थिति आउनाले लागत बढ्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। समयमा साथ दिनेहरू नहुँदा दुःख पाइनेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    पराक्रम बढेर जानेहुँनाले शाहशिलो काम गर्ने जोस आउँनेछ । व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। 

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला।

    सिहं (मा,मी,मू ,मे,मो,टा,टी,टू,टे)

    आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाम मुखि काम गर्न सकिनेछ । धन तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दिन राम्रो रहेकोछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    नयाँ काम पाउँने योग रहेकोछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला। बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुँनेछ । 

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । टाढाका साथीभाइले साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। केही वस्तु त्याग्नुपरे पनि कर्जामार्फत धन जुट्नेछ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् ।

    मीन (दी,दु,थ,झ,ञ,दे,दो,चा,ची)

    सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :बैशाख २६ २०८० मंगलवार - ०४:३३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij