२०८२ माघ ११ गते आइतवार
काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको छ ।
केन्द्रीय सदस्य हिमाल शर्माका अनुसार सवै सदस्यहरुलाई नागरिकताको प्रमाणपत्रसहित शुक्रबार १२ बजेभित्र पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनिएको हो ।
नेकपाका अर्का नेता कृष्णभक्त पोखरेलले निर्वाचन आयोगले पार्टीका बहुमत सदस्य रहेको प्रचण्ड–माधव पक्षलाई आधिकारिकता दिन आनाकानी गरेपछि बहुमत केन्द्रीय सदस्यहरु नागरिकतासहित स–शरीर पार्टी मुख्यालय बोलाइएको जानकारी दिए ।
‘पार्टी हामीले बनाएको हो । संविधान हामीले बनाएको हो । त्यो संविधान र कानुन अनुसार निर्णय गर्न निर्वाचन आयोगले आनाकानी गरेको छ । सायद यसै विषयमा छलफल गर्न बोलाइएको हुनसक्छ,’ पोखरेलले भने, ‘यसअघि पनि हामी आयोगमा पुगेर प्रमाणसमेत पेश गरेका छौँ ।’
शुक्रबार दिउँसो १२ बजेसम्म सबै केन्द्रीय सदस्य पार्टी कार्यालयमा जम्मा हुन भनिएको पोखरेलको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij