Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

दाङमा आफ्नै १३ वर्षीया छोरीको बलात्कार, ३७ वर्षीय बाबु पक्राउ

दाङमा आफ्नै १३ वर्षीया छोरीको बलात्कार, ३७ वर्षीय बाबु पक्राउ


  • 3.7K
    Shares

    • images
    दाङमा आफ्नै १३ वर्षीया छोरीको बलात्कार, ३७ वर्षीय बाबु पक्राउ
    images

    दाङमा आफ्नै छोरीको बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन्। गत चैत ३० गते बिहान ११ बजे घरमा कोही नभएको समयमा मदिराले मातेको अवस्थामा छोरीको बलात्कार गरेको जाहेरीका आधारमा ३७ वर्षीय बुवा पक्राउ परेका हुन्।

    आफूमाथि बुवाले हजुरबुवा-हजुरआमा चौपाया चराउन गएको समयमा बलात्कार गरेको किटानी जाहेरी पीडितले वैशाख २ गते दिएकी छन्। उनकी आमा विदेशमा छन्। तीन वर्ष पहिले विदेश गएकी आमा यो बीचमा बिदामा आएर फेरि फर्केकी प्रहरी अधिकारीले जानकारी दिए। ‘त्यसअघि पनि नाबालिग छोरीमाथि बाबुद्वारा बलात्कार भएको देखिन्छ,’ घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘तर बाबुले कसैलाई भनेमा ज्यान लिने धम्की दिँदै आएका रहेटछन्। नाबालिगले डरले कतै केही नभनेकी रहिछन्।'

    बालिकाका दाजु पनि छन्। उनी बसका परिचालक भएकाले धेरैजसो बाहिरै हुन्थे। घरमा कोही नभएको समयमा बाबुद्वारा छोरीको पटकपटक बलात्कार भएको खुलेको प्रहरी अधिकारी बताउँछन्। पछिल्लो घटनापछि भने बालिका सुटुक्क आन्टीको घर जान्छु भनेर घरबाट निस्केकी थिइन्। बास बस्न आन्टीको घर पुगेपछि बालिकाले सबै कुरा आन्टीलाई भनिन्। त्यसपछि उनैले बालिकासहित प्रहरीमा आएर जाहेरी दिएको प्रहरीले जनाएको छ।

    पीडित बालिकाको स्वास्थ्य जाँच रिपोर्टले पनि उनीमाथि बालात्कर भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

    प्रकाशित मिति :बैशाख २१ २०८० बिहिवार - १९:४२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij