Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आजको राशिफल : २०८० बैशाख १५ गते (शुक्रवार)

आजको राशिफल : २०८० बैशाख १५ गते (शुक्रवार)


  • 8.1K
    Shares

    आजको राशिफल : २०८० बैशाख १५ गते (शुक्रवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वास्थ्य र सुमधुर सम्बन्धका लागि सजग रहनुहाेला।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। 

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    अरूको फाइदाका लागि उपयोग भइनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यबाधा हुनाले काममा लामो समय जुट्न नसकिएला। बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको उपलब्धि मध्याह्नपछि प्राप्त हुनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। आफन्तसँग विवाद हुने र काममा धाेका पाइने सम्भावना देखिन्छ। मनकाे डरले सताउन सक्छ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। खाँचाे टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :बैशाख १५ २०८० शुक्रवार - ०५:१४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij