Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मुक्तिनाथ विकास बैंकले बचतकर्ताको परिवारलाई दुर्घटना बीमा वापत १० लाख हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले बचतकर्ताको परिवारलाई दुर्घटना बीमा वापत १० लाख हस्तान्तरण


  • 2.1K
    Shares

    मुक्तिनाथ विकास बैंकले बचतकर्ताको परिवारलाई दुर्घटना बीमा वापत १० लाख हस्तान्तरण
    images

    मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका कोहलपुर नपा ११ को जय प्रकाश घर्तिको परिवारलाई बीमा दाबी भुक्तानी वापत १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

    घर्तिले मुक्तिनाथ विकास बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेका थिए ।

    जसका कारण उनका परिवारले आज बीमा दाबी भुक्तानी वापत केही राहत पाएका हुन् ।

    बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।

    बैंकले २०८० साल वैशाख १३ गते बुधबारका दिन कोहलपुर नपा ११ नं. वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानी बापतको १० लाखको रकम मृतकको श्रीमती सलिना वली घर्तिलाई हस्तान्तरण गरेको हो ।

    उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडा अध्यक्ष कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

    सोही कार्यकक्रमा अन्य जनप्रतिनिधीहरु , पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बैंकका कर्मचारीहरु र स्थानीय व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    हाल बैंकको परिवार लक्षित १ करोड १ लाख रुपैयाँ सम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ ।

    प्रकाशित मिति :बैशाख १४ २०८० बिहिवार - १६:२८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij