Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

प्रचण्डको सुरक्षामा खटिएका पूर्व लडाकुलाई पाता कस्नु भन्दै ओलीले दिए यस्तो आदेश 

प्रचण्डको सुरक्षामा खटिएका पूर्व लडाकुलाई पाता कस्नु भन्दै ओलीले दिए यस्तो आदेश 


  • 13.5K
    Shares

    प्रचण्डको सुरक्षामा खटिएका पूर्व लडाकुलाई पाता कस्नु भन्दै ओलीले दिए यस्तो आदेश 
    images

    काठमाडौं । सरकारले पूर्वपदाधिकारीहरूको सुरक्षामा खटिएका अगुवा सुरक्षाकर्मी र गाडी फिर्ता गरेपछि पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा पूर्वलडाकू खटिन थालेका छन् ।

    प्रचण्डको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती भएपछि अगुवा सुरक्षा पूर्वजनमुक्ति सेना (पूर्वलडाकू) ले दिन थालेको हो । उनीहरुको कारगेड निजी नम्बर प्लेटको स्कार्पियो गाडीमा रहन थालेको छ । शान्ति प्रक्रियामा आउनासाथ प्रचण्डको पहिलो सुरक्षा घेरामा रहेका तालिमप्राप्त पूर्वलडाकू सुरक्षामा खटिन थालेका हुन् । बा ९ प ६३९९ नम्बरको रातो नम्बर प्लेटको गाडीमा पूर्वलडाकूको कारगेड एक सातादेखि नै हिड्न थालेको हो । 

    प्रचण्डको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकूको विशेष टोली खटिएको छ । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकू हुन् । सशस्त्र द्वन्द्वकालमा उनी बटालियन कमान्डरसम्म भएका थिए । 

    उनीहरुका साथमा हतियार भने छैन । तर, सबै लडाकू तालिमप्राप्त र पोख्त रहेको बताइएको छ ।

    स्नाइपरजस्ता देखिने एकै पोशाकका करिब आधा दर्जन तालिमप्राप्त पूर्वलडाकूलेसुरक्षा दिन थालेको पूर्वप्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए । उनले भने, ‘सरकारले सुरक्षा व्यवस्थापनमा बेवास्ता गरेपछि पूर्वलडाकूबाट सुरक्षा सहयोग लिनुपरेको हो ।’ 

    यसरी खटिएका पूर्वलडाकू प्रचण्ड निवास, आवागमन र कार्यक्रममा प्रहरी र सशस्त्र प्रहरीको सहयोगीका रूपमा सूचना आदानप्रदान, थ्रेट एनलाइसिस र अन्य भूमिकामा रहेर खटिनेछन् ।

    ‘सरकारले नियतबस सुरक्षाकर्मी खोसेपछि सुरक्षाका निम्ति पूर्वलडाकू खटिएका हुन् । जसलाई पार्टी र प्रचण्ड परिवारले नै तलबमा राखेका हुन्,’ खुमलटार स्रोतले भन्यो । यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी प्रचण्डको सुरक्षामा खटिएका थिए ।

    हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालवाला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख गरिएसँगै प्रचण्डको अगुवा गाडीसहित दुवै सुरक्षा निकायबाट ५५ सुरक्षाकर्मी फिर्ता भएका थिए ।

    गृह मन्त्रालयको चासो

    प्रचण्डको सुरक्षामा पूर्वलडाकू खटिएको जानकारी सरकारलाई दिइएको छैन । गृह मन्त्रालयले सरकारलाई जानकारी नदिई त्यसरी सुरक्षाकर्मी राखिएको विषयमा खोजीनीति थालेको अधिकारीहरूले बताएका छन् ।

    पूर्वपदाधिकारीको सुरक्षामा तोकिएबमोजिम प्रहरी र सशस्त्र प्रहरी जनशक्ति खटाइएकोमा सुरक्षा प्रत्याभूति हुन नसकेको लागेमा सरकारलाई जानकारी गराउन सकिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । श्रोतका अनुसार प्रचण्डको सुरक्षामा खटिएका पूर्व लडाकुलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रधानमन्त्रीले आदेश दिईसकेका छन् ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - १४:३०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij