Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

महालक्ष्मी विकास बैंकको १ अर्बको ऋणपत्र बाँडफाँड

महालक्ष्मी विकास बैंकको १ अर्बको ऋणपत्र बाँडफाँड


  • 2.1K
    Shares

    महालक्ष्मी विकास बैंकको १ अर्बको ऋणपत्र बाँडफाँड

    महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले चैत २९ गतेदेखि वैशाख ४ गतेसम्म विक्री गरेको १ अर्ब बराबरको ऋणपत्र बाँडफाँड गरेको हो ।

    बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको थियो । 

    बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ६० करोड बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिएको हो भने ४० प्रतिशत अर्थात् ४० करोड बराबरको ४ लाख कित्ता सामूहिक लगानीकोष समेत सर्वसाधारणमा बाँडफाँड गरेको हो ।

    २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएर बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्काशनमार्फत विक्री गरिएको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई वैशाख १२ गते ऋणपत्र बाँडफाँड गरेको जनाएको छ ।

    ऋणपत्र विक्री प्रबन्धकमा एनआईसी एशिया बैंक लिमिटेड छ । ऋणपत्रको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले बताएको छ ।

    प्रकाशित मिति :बैशाख १३ २०८० बुधवार - १५:५६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij