Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल बैंकले एकैपटक २८ करोडको सम्पत्ति बेच्दै

नेपाल बैंकले एकैपटक २८ करोडको सम्पत्ति बेच्दै


  • 2.4K
    Shares

    नेपाल बैंकले एकैपटक २८ करोडको सम्पत्ति बेच्दै

     नेपाल बैंकले एकै पटक २८ करोड बराबरको सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेको २७ करोड ९० लाख ३० हजार रुपैयाँ बराबरको गैह्र बैंकिङ सम्पत्ति बिक्रीका लागि आज एक सूचना निकालेको हो ।

    बैंकले आज बैशाख १० गतेदेखि आफ्नो नामको सुनसरीका विभिन्न ठाउँमा रहेको सो मूल्य बराबरको घरजग्गा लिलाममा बिक्री गर्ने जनाएको छ । बैंकले सुनसरीको साविक दुहबी ५ स्थित कित्ता नम्बर ६, ४१४, ३९, ४०, ४१, १५ को क्रमशः ०–१२–१०, १–३–६.५, ०–७–३, ०–६–१२ र ०–१२–१५ क्षेत्रफल भएको घरजग्गा बिक्री गर्नेछ । बैंकका अनुसार सो जग्गाको मूल्य न्यूनतम ९ करोड ६८ लाख ७३ हजार ४४० रुपैयाँ तोकिएको छ ।

    सोही क्षेत्रमा रहेको कित्ता नम्बर ६, ४१४, ३९, ४०, ४१ र १५ मिल मसिनरी सामग्री पनि बिक्री गर्नेछ । सो मसिनरीको मूल्य ५० लाख ८८ हजार ६ सय रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।

    सुनसरीको साविक सोनापुर२ ख स्थित कित्ता नम्बर १०१, १०२, ९८, १७२ र १७३ को ०–१०–१४, ०-७-५, ०-७-१, ०-५-० र ०-२-१३ क्षेत्रफल भएको जग्गा र भवन बिक्री गर्ने बैंकले जनाएको छ । सो जग्गाको मूल्य १७ करोड ७० लाख ६८ हजार ४० रुपैयाँ तोकिएको छ ।

    बैंकले बिक्री गर्न लागेको घरजग्गा खरिद गर्न इच्छुकले २१ दिन अर्थात् वैशाख ३० गतेभित्र गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ ।

    प्रकाशित मिति :बैशाख १० २०८० आइतवार - १६:२८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij