Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राष्ट्रिय सहकारी बैंकद्वारा निक्षेप तथा कर्जामा ब्याजदर परिवर्तन, आजदेखि लागू

राष्ट्रिय सहकारी बैंकद्वारा निक्षेप तथा कर्जामा ब्याजदर परिवर्तन, आजदेखि लागू


  • 2.4K
    Shares

    राष्ट्रिय सहकारी बैंकद्वारा निक्षेप तथा कर्जामा ब्याजदर परिवर्तन, आजदेखि लागू
    images

    राष्ट्रिय सहकारी बैंकले बैशाख ८ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।

    बैंकले बचततर्फ न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम ११.७५ प्रतिशत ब्याजदर तोकेको छ । जसमा साधारण बचत खातामा ४.२५ प्रतिशतदेखि ४.५० प्रतिशत, विशेष बचतमा ४.७५ प्रतिशत, सुपर बचतमा ४.७५ प्रतिशतदेखि ५.२५ प्रतिशत तोकिएको छ ।


    यस्तै, एनसिसिएल समुन्नत बचच खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ५.७५ प्रतिशत, एनसिसिएल प्रिमियम बचतमा ५.२५ देखि ५.५० प्रतिशत, अनिवार्य बचतमा १० प्रतिशत र क्रमिक बचतमा ९.७५ देखि १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ ।

    यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम १०.७५ प्रतिशतदेखि अधिकतम ११.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । कर्जा तर्फ भने विभिन्न शिर्षकमा न्यूनतम १०.५० प्रतिशतदेखि अधिकतम १३.७५ प्रतिशतसम्म ब्याजदर तय गरिएको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०८० शुक्रवार - १८:३६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij