Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

रविले ड्राईभरको अवस्था जानकारी गराउँदै भने–‘यस्तो बेला नुन चुक बोकेर नआउनु होला

रविले ड्राईभरको अवस्था जानकारी गराउँदै भने–‘यस्तो बेला नुन चुक बोकेर नआउनु होला


  • 3.1K
    Shares

    रविले ड्राईभरको अवस्था जानकारी गराउँदै भने–‘यस्तो बेला नुन चुक बोकेर नआउनु होला
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना ड्राइभर तीन तलाबाट खसेर सख्त घाइते भएको घटनामा मानवीयता देखाउन आग्रह गरेका छन् ।

    सोमबार अपरान्ह रविले लेखेको स्टाटसको अंश छ, ‘म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नु हुन्छ भने मलाई सहने शक्तिमात्रै दिनुहोला ।’

    रविले घटनाको प्रहरीले अनुसन्धान गरिरहेको र घाइतेको अवस्था बिहानको भन्दा सुधारिएको भन्ने जानकारी पाएको उल्लेख गरेका छन् ।

    सोमबार बिहान चितवनस्थित रविको घरमा सुतिरहेका उनका ड्राइभर सिन्धुपाल्चोकको बाह्रबिसेका शम्भु थापा अढाई तलाको घरको छतबाट भुइँमा खसेका थिए । दुर्घटना, आत्महत्या प्रयास वा हत्या प्रयास के हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रवि उपनिर्वाचनको तयारीमा लागि चितवनमा छन् ।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १५:३३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij