Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय वाणिज्य बैंकद्धारा ७४ नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

राष्ट्रिय वाणिज्य बैंकद्धारा ७४ नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान


  • 2.2K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकद्धारा ७४ नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

     राष्ट्रिय वाणिज्य बैंकले नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान सुरु गरेको छ ।

    बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि छनौट भएका प्रशासन सेवाका नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम दिएको हो ।

    बुधवारबाट बैंकले सहायक पदका ७४ जना कर्मचारीहरुलाई १४ दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरेको छ । तालिमको उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कर्मचारीले व्यवासायिक ढंगले जिम्मेवावर भई काम गर्नुपर्ने बताए । उनले कर्मचारीहरुले दश पाँचको जागिर मात्र नगरेर व्यवसायिक ढङ्गबाट काम गरेरमा ग्राहकहरु सन्तुष्ट भई संस्थाको उत्पादकत्व वृद्धि हुने बताए ।

    सोही अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउदैं ग्राहकहरुको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताईन् ।यसका साथै बैंकका मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ७४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराएका थिए ।

    कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी, मानव संशाधन विभागका उपप्रमुख हरिवावु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

     

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १५:५९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij