Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

ओलीले आदेशको शैलीमा दिने भनेको  ३० करोड भयो निकासा, सेनालाई दिईयो जिम्मा 

ओलीले आदेशको शैलीमा दिने भनेको  ३० करोड भयो निकासा, सेनालाई दिईयो जिम्मा 


  • 6.1K
    Shares

    ओलीले आदेशको शैलीमा दिने भनेको  ३० करोड भयो निकासा, सेनालाई दिईयो जिम्मा 

    काठमाडौं । अन्ततः ‘कम्युनिष्ट’ आवरणकै सरकारका पदाधिकारीहरूबाट जनताको गाँस–बासका सवाल भाँडमै जाओस् भन्दै भगवान पशुपतिनाथका लागि ५० करोडको चेक काटिएको छ ।

    लाखबत्ती बाल्न पशुपति पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आदेशको शैलीमा दिने भनेको  ३० करोड रुपैयाँ भर्खरै निकासा भएको छ भने ५० करोडको अर्को चेकचाहिँ पशुपति क्षेत्र विकास कोषले जारी गरेको हो । आजभोलि नै शिवलिंगमा १ सय ८ केजीको जलहरी जडान गर्न नेपाल राष्ट्र बैंकबाट सुन खरिद गरिने कोषका एक पदाधिकारीले बताए । त्यसका लागि लागत इस्टिमेट भइसकेको छ । जलहरी जडान गर्न कालिगढलाई दिनुपर्ने ज्यालाको पैसा दाताबाट जुटाइने भएको छ । दाताहरू तयार पारिएको छ, तर नाम गोप्य राखिएको छ । कोषको नेपाल इन्भेष्टमेन्ट बैंक, बत्तीसपुतली शाखामा रहेको मुद्दती खाताबाट रकम निकाल्न लागिएको हो ।

    उक्त खातामा कोषको आन्तरिक आम्दानी ९भेटीघाटी०, सरकारी रकमसहित व्याज रकम छ । उता, अरु काम छाडेर सुनको जलहरी जडान गर्ने कुरा अनुचित भन्दै त्यहाँका प्रदेश सांसद नरोत्तमलाल बैद्यहरूले विरोध गरिरहेका छन् । उनीहरूले त्यसका लागि स्थानीयवासी सम्मिलित विरोध समिति नै बनाएका छन् । तर, कोष भने जलहरी जडानमा पेलेरै सक्ने मनस्थितिमा छ । त्यसका लागि पशुपतिभित्र च्यासलको सुरक्षा नेपाली सेनालाई दिने सहमति भएको छ ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १४:२५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij