२०८२ माघ ११ गते आइतवार
काठमाडौं । सोलु हाइड्रोपावरको आईपीओको आईपीओ भोलि बाँडफाँड हुने भएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ माघ १२ गते बाँडफाँड गर्ने भएको हो ।
कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका छन् । जुन मागभन्दा ३.८६ गुणाले बढी हो ।
आईपीओमा ८ लाख २० हजारले १०.१० कित्ताका दरले शेयर हात पार्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो।
कम्पनीले ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij