Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तय, ३.८६ गुणा बढीको आवेदन

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तय, ३.८६ गुणा बढीको आवेदन


  • 1.1K
    Shares

    सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तय, ३.८६ गुणा बढीको आवेदन

    काठमाडौं । सोलु हाइड्रोपावरको आईपीओको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । 

    कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ माघ १२ गते बाँडफाँड गर्ने भएको हो ।

    कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका छन् । जुन मागभन्दा ३.८६ गुणाले बढी हो ।

    आईपीओमा ८ लाख २० हजारले १०.१० कित्ताका दरले शेयर हात पार्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो।

    कम्पनीले ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो ।

     

    images
    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १३:०२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij