Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

भारु बलियो बन्दा घट्यो डलरको मूल्य

भारु बलियो बन्दा घट्यो डलरको मूल्य


  • 2.5K
    Shares

    भारु बलियो बन्दा घट्यो डलरको मूल्य
    images

    काठमाडौं । भारतीय रुपया (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले रिपोदर यथावत् राखेको घोषणा गरेपछि भारु बलियो बन्दा नेपालमा डलरको मूल्य घटेको हो । उक्त घोषणाअघि ८२ दशमलव १० पैसा भारु पुगेको डलरको मूल्य घटेर ८१ दशमलव ८८ पैसा भारुमा झरेको थियो ।

    भारतमा डलर मूल्य घटेसँगै भारु बलियो बनेको हो । भारतमा डलर कमजोर बनेसँगै यसको असर नेपाली बजारमा पनि देखिएको छ । फलस्वरूप नेपालमा डलरको मूल्य घटेको हो । एभरेष्ट बैंकले बिहीवार बिहान कारोबार शुरू हुँदाको तुलनामा कारोबार बन्द भएपछि डलरको विक्रीदर १५ पैसाले घटाएर १३१ रुपैयाँ ३५ पैसा तोकेको थियो । एभरेष्टले कारोबार शुरू हुँदा डलरको विक्रीदर १३१ रुपैयाँ ५० पैसा तोकेको थियो ।

    नेपाल राष्ट्र बैंकले भने बिहीवारका लागि डलरको विक्रीदर १३१ रुपैयाँ ५१ तोकेको थियो । राष्ट्र बैंकले शुक्रवारका लागि डलरको विक्री दर १३१ रुपैयाँ ३२ पैसा तोकेको छ । यो समाचार आजको आर्थिक अभियानमा छ ।

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - ०५:३४:४० बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij