Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउने सुनाए यस्तो सुत्र, प्रमाणित गर्न दिए यस्तो सुझाब

प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउने सुनाए यस्तो सुत्र, प्रमाणित गर्न दिए यस्तो सुझाब


  • 6.5K
    Shares

    प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउने सुनाए यस्तो सुत्र, प्रमाणित गर्न दिए यस्तो सुझाब
    images

    काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् ।

    प्रेस सङ्गठन चितवनले मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताएका हुन् ।निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर पनि उनले गरे ।

    अहिलेको सरकारले निर्वाचन नगराउने आरोप लगाउँदै उनले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताए । ‘बाँकी रहेको दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन् ।’ उनले भने ।

    अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताउँदै अध्यक्ष दाहालले भने, ‘प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिन्छ ।’

    उनले प्रतिपक्षी नेताको नाम खुलाएनन् । तर, पुनस्थापना हुँदाको समीकरणमा उनले प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने संकेत गरेका हुन् ।

    पत्रकारका एक प्रश्नमा उनले छिट्टै संयुक्त आन्दोलन गर्ने विषयमा विभिन्न दलसँग कुराकानी भएको जानकारी दिए ।

    भरतपुर महानगरपालिका–१० मा बन्दै गरेको सभागृहको निरीक्षणपछि उनले आफ्नो निर्वाचन क्षेत्रमा सोचेभन्दा बढी विकास भएको जिकिर गरे ।

    आफ्नै निर्वाचन क्षेत्रको माडी अयोध्या र रामको जन्मभूमि भएको प्रमाणित गर्नका लागि पुरातात्विक अन्वेषण गर्नुपर्ने सुझाव पनि उनले दिए ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७७ मंगलवार - १७:०२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij