२०८२ माघ ११ गते आइतवार
काठमाडौं । आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारद्वारा घोषित चुनाव हुनै नसक्ने दाबी गरेका छन्।
चितवनमा आयोजित पत्रकार सम्मेनलनमा उनले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै चुनाव हुँदैन भन्ने कुरामा प्रस्ट हुन आग्रह गरेका हुन् ।
‘चुनाव हुँदैन, प्रस्ट भए हुन्छ,’ प्रचण्डले भने, ‘चुनाव गराउन यो प्रतिगमन गरिएकै होइन।’ब्यबस्था मासेर ओलीले मुलुकलाई भारतको जिम्मा लगाउन खोजेको प्रचण्डको आरोप छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गरिरहेका सभा पञ्चायतकालमा राजारमहाराजाले गरेका पञ्चर्याली भएको कुरा उनले दोहोर्याए।
‘मैले त सुरुदेखि नै भनेको छु, उहाँ (ओली)ले जतिबेला प्रतिगनको बाटो पक्रिनुभयो, प्रतिक्रान्तिका बाटो पक्रिनुभयो, उहाँ हारिसक्नुभएको छ,’ उनले भने, ‘पहिला पहिला राजा महाराजले जे गर्थे उहाँले त्यही गरिरहनुभएको छ, त्यसको केही अर्थ छैन।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij