Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

मुख्यमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन

मुख्यमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन


  • 5.6K
    Shares

    मुख्यमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन

    काठमाडौं । एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस वाग्मती प्रदेशको राजधानी हेटौँडामा यही फागुन ६, ७ र ८ गते भव्यरुपमा मनाउन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा आज १६५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

    तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम, हेटौँडा बजारको सरसफाइ, माध्यामिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, सडक दौड तथा खेलकूद र विभिन्न विद्युतीय सञ्चारमाध्यममा परिसंवाद कार्यक्रमको आयोजना गरिने छ ।

    मूल समारोह समितिको कार्यक्रमअनुसार फागुन ७ गते बिहान ७।३० बजे स्थानीय भुटनदेवी माविको प्राङ्गणबाट निस्कने झाँकीसहितको रयालीले हेटौँडा नगरको परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा आइपुगेपछि समारोहमा परिणत हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले उल्लेख गर्नुभयो । समारोह समितिलाई सहयोग पुर्याउन विभिन्न चार उपसमिति पनि गठन गरिएको छ । रासस

    प्रकाशित मिति :फाल्गुण ४ २०७७ मंगलवार - १३:३२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij