Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

एमिकस क्युरीले धमाधम दिन थाल्यो राय, फैसलाका लागि जुर्यो यस्तो साइत 

एमिकस क्युरीले धमाधम दिन थाल्यो राय, फैसलाका लागि जुर्यो यस्तो साइत 


  • 7.3K
    Shares

    एमिकस क्युरीले धमाधम दिन थाल्यो राय, फैसलाका लागि जुर्यो यस्तो साइत 
    images

    काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई अन्तिम चरणमा पुगेको छ । संवैधानिक इजलासमा पक्ष र विपक्षका वकिलहरुको वहस तथा रिट निवेदक पक्षको जवाफी बहस सकिएपछि आजबाट एमिकस क्युरीका तर्फबाट राय दिने क्रम शुरु हुँदैछ ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासलाई राय दिन ५ सदस्यीय एमिकस क्युरी मागेको थियो । जस अनुसार नेपाल बार एशोसियसनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसियसनबाट २ जना वकिल एमिकस क्युरीमा छन्

    बार एशोसियसनबाट गएका बद्रीवहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च बारबाट गएका पूर्णमान शाक्य र गीता संग्रौलाको एमिकस क्युयरीले राय दिएपछि फैसलाको चरणमा पुग्नेछ ।

    एमिकस क्युरी इजलासको सहयोगी हो तर उसले दिएको राय अनुसार फैसला हुनुपर्छ भन्ने चाहिँ छैन । संवैधानिक इजलासमा एमिकस क्युरीको बहसपछि ढिलोमा फागुन दोस्रो सातासम्म फैसला आउने सम्भावना छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्षताको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजवहादुर केसी सदस्य छन् ।

    प्रतिनिधिसभा विघटन भएको भोलि फागुन ५ गते २ महिना पुग्दैछ । सरकारले निर्वाचनको मिति वैशाख १७ र २७ गतेलाई तोकेको हुनाले फैसला गर्न अदालतले अब बढीमा डेढ साता लगाउने अनुमान गरिएको छ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७७ मंगलवार - १२:४७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij