Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा गर्छौं: प्रधानमन्त्री प्रचण्ड

बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा गर्छौं: प्रधानमन्त्री प्रचण्ड


  • 3.1K
    Shares

    बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा गर्छौं: प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्या प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताएका छन्।

    आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताएका हुन्।

    प्रधानमन्त्री दाहालले भने, ‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह भएको थियो। तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्। सहकारीहरूमा पनि समस्या देखिएका छन्। यिनीहरूको बृहत् समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ।’

    उनले थपे, ‘बैंक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक छ। त्यसपछि मात्र हामीले व्यवस्थित र वैज्ञानिक नीति तय गर्न सक्छौं। केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत् समीक्षा बैठक बोलाउने सोच्दैछु। बृहत् समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौं।’

    बैठकमा प्रधानमन्त्रीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा जोड दिए।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - २०:१३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij