२०८२ भाद्र २ गते सोमवार
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।
राष्ट्रपतिको कार्यालयले पौडेलको शपथको समय दिउँसो १ बजेको लागि निर्धारण गरेको छ। राष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहणको तयारी गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
नवनिर्वाचित राष्ट्रपति पौडललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने कार्यक्रम छ। नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।
हाल सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीन भएकाले पौडेलले कामु प्रधानन्यायाधीश समक्ष सपथ ग्रहण गर्न लागेका हुन्।
पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij