Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

उपराष्ट्रपति निर्वाचन: रामसहाय यादवको उपराष्ट्रपतिमा उम्मेदवारी कायमै रहने निर्णय

उपराष्ट्रपति निर्वाचन: रामसहाय यादवको उपराष्ट्रपतिमा उम्मेदवारी कायमै रहने निर्णय


  • 2.2K
    Shares

    उपराष्ट्रपति निर्वाचन: रामसहाय यादवको उपराष्ट्रपतिमा उम्मेदवारी कायमै रहने निर्णय
    images

    काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उम्मेदवारी विरुद्ध जाँचबुझपछि उम्मेदवारी कायम भएको जानकारी दिए ।

    राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति पनि पुरुष हुन नपाउने भन्दै रामसहायको उम्मेदवारी विरुद्ध उमेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले उजुरी दिएका थिए । 

    शाक्य एमाले र झा जनमतका उम्मेदवार हुन् ।  राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । मधेसी समुदायबाट यादवले उम्मेदवारी दिएका थिए ।  

    उपराष्ट्रपतिमा जसपाकै प्रमीला यादवको पनि उमेदवारि परेको छ । उम्मेदवारी फिर्ताको समय दिएर आजै अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका  छ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १२:४५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij