२०८२ भाद्र २ गते सोमवार
सिन्धुलीमा आज भएको बस दुर्घटनामा परेकाहरूलाई तत्काल उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्।
आज बिहान सम्बन्धित निकायलाई निर्देशन दिँदै प्रधानमन्त्रीले उद्धार तथा घाइतेका उपचार प्रभावकारी बनाउन भनेका हुन्।
‘सिन्धुलीमा बस दुर्घटना भई ५ जनाको मृत्यु र दर्जनौं यात्रु घाइते भएको खबरले दुखी तुल्याएको छ। दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उद्दार कार्य प्रभावकारी बनाउन सम्बद्ध सबैमा निर्देशित गर्दछु,’ ट्वीट गर्दै प्रधानमन्त्रीले भनेका छन्।
सिन्धुलीको फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हो।दुर्घटनामा १९ जना घाइते भएका छन्। उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij