Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै


  • 8.1K
    Shares

    प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध  प्रदर्शन गर्दै
    images

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज (सोमबार) देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ ।

    संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । जिल्ला कार्यसमितिहरुको आयोजनामा कांग्रेसले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । विभिन्न जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।  

    सभापति शेरबहादुर देउवाले आज बुटवलमा हुने सभालाई सम्बोधन गर्दैछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महतले धादिङमा, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।

    सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति प्रकाशित गरी प्रदर्शनमा सहभागिताका लागि पार्टीका समर्थक तथा आम जनतासित अपिल गरेका छन् ।

     

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - १०:४७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij