Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दुर्गा प्रसाईंद्वारा नेपाल बन्दको घोषणा

दुर्गा प्रसाईंद्वारा नेपाल बन्दको घोषणा


  • 4.3K
    Shares

    दुर्गा प्रसाईंद्वारा नेपाल बन्दको घोषणा

    काठमाडौं । बैंक तथा वित्तीय संस्था विरुद्द आन्दोलन गर्दै आएका व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् ।

    उनको आन्दोलनका कार्यक्रम अनुसार अब हरेक शनिबार दिनको १ बजे माइतीघर मण्डलाबाट जुलुस सुरु गरेर बानेश्वरमा कोणसभा गरिनेछ ।

    चैत १ देखि १९ गतेसम्म हेटौंडा, पोखरा, जनकपुर र वीरगञ्जसहित पश्चिम नेपालका दार्चुला, बैतडी, सुर्खेतको महेन्द्रनगर, इटहरी, विराटनगर, धरान र दमकसम्म आमसभा र कोणसभा गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका छन् । 

    चैत २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने, पसल बन्द गर्ने, राँके जुलुस निकाल्ने, कर दाखिला नगर्ने पनि जनाएका छन् । 

    यहीँ कार्यक्रम अन्तर्गत प्रसाईँले  संघीयता खारेज गरी वैदिक सनातन राष्ट्र कायम गर्नुपर्ने माग पनि सँगै लगिने प्रसाईँको भनाई छ । 

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - ०६:१२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij