Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता मुद्दाको सुनुवाइ गर्न आज पेसी

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता मुद्दाको सुनुवाइ गर्न आज पेसी


  • 2.4K
    Shares

    प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता मुद्दाको सुनुवाइ गर्न आज पेसी

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेशी आज हुँदैछ। गत मंगलबार प्रचण्डलाई पक्राउ गरी मुद्दा चलाउन आदेशको माग गर्दै दर्ता भएको रिटको पेशी आज तोकिएको छ।

    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले तीन वर्षअघि माघी पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्धन्द्धकालमा १७ हजार मारेको आरोप आफूलाई लाग्ने गरेको भन्दै सामन्तीहरूले १२ हजार मारेको जिम्मा लिने भए पाँच हजारको जिम्मा आफू लिन तयार रहेको बताएका थिए।

    सोही अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीलगायत द्वन्द्वपीडितले सर्वोच्चमा दुईवटा रिट दायर गरेका छन्। यस्ता रिट निवेदन पटक-पटक दरपिठ भए पनि दरपिठ भएको आदेशविरुद्ध नै मुद्दा परे पछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको अघिल्लो शुक्रबारको इजलासले प्रचण्डले दिएको अभिव्यक्तिविरुद्धको रिट दर्ताका लागि सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।

    सर्वोच्चमा रिट दर्ता भएपछि माओवादी घटक दल एकै मोर्चामा सामेल भएर सो मुद्दा अदालतले हेर्न नहुने भन्दै चेतावनीपूर्ण धम्की दिइरहेका छन्।

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - ०८:५४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij