Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बानेश्वरमा दुर्गा प्रसाईंको उत्तेजक भाषण- लघुवित्त र बैंकहरुलाई दिए चेतावनी

बानेश्वरमा दुर्गा प्रसाईंको उत्तेजक भाषण- लघुवित्त र बैंकहरुलाई दिए चेतावनी


  • 3.4K
    Shares

    बानेश्वरमा दुर्गा प्रसाईंको उत्तेजक भाषण- लघुवित्त र बैंकहरुलाई दिए चेतावनी

    काठमाडौं । मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईले बानेश्वरमा शक्ति प्रर्दशन गरेका छन् । केही दिनअघि पूर्वाराजा ज्ञानेन्द्र शाहलाई झापा पुर्‍याएर महाअभियान सुरु गरेका व्यवसायी दुर्गा प्रसाईँ नयाँ बानेश्वरमा शनिवार एक कार्यक्रमको आयोजना गरी बैंक तथा वित्तीय संस्था र राजनीतिक दलका नेताहरूमाथि खनिएका छन् ।

    हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतङ्क, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूलाई सामन्तीको संज्ञा दिए ।

    हिजो पहाडमा घोडा चढेर हिँड्ने सामन्तीहरूले अहिले सहर पसेर बैंक खोजेको उनको आरोप थियो । उनले भने, ‘सामन्तीहरूले बैंकको नाममा सबैको पैसा लुट्दैछन् । मान्छेको घरजग्गा लिलाम गर्दैछन् । पहाडमा घोडा चढेर हिँड्ने सामन्तीहरू, तीन रुपैयाँ ब्याजमा पैसा लगाउने सामन्तीहरू आज बैंकको नाममा सहरमा छिरेका छन् । लघुवित्त र सहकारीका नाममा गाउँमा छिरेका छन् ।’

    बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूलाई कारबाही गर्न पार्टीभित्र आवाज उठाउँदा आफू कारबाही परेको पनि उनले बताए । प्रसाईँले अब गणतन्त्रबाट देश पार लाग्न नसक्ने उल्लेख गर्दै सत्ता राजाको हातमा सुम्पिन नेताहरूलाई चेतावनी पनि दिएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २० २०७९ शनिवार - १५:३९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij