२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बिहान बोलाएको राप्रपाको आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
सरकारबाट बाहिरिने निर्णय लिएको राप्रपाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ ।
आज बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
परिवर्तिन सन्दर्भमा राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर वैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij