२०८२ माघ ७ गते बुधवार
राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठक सकिएको छ।
बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा अघि सार्ने निर्णय गरेको छ।
नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष प्रकाश ज्वालाले बैठकबाट कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने निर्णय गरेको जानकारी दिए।
ज्वालाले उपराष्ट्रपतिको उम्मेदवारबारे कुनै कुरा नभएको बताए। उनले दलहरुले आ–आफ्नो दाबी पेश गरेपनि संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपति दिन आठ दल एक भएको बताए।
उनले एकीकृत समाजवादीले के लिने भन्नेबारे अहिले कुरा भइनसकेको जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij