Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन सुरु

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन सुरु


  • 2.1K
    Shares

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन  सुरु
    images

    काठमाडौँँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन धादिङको धादिङबेसीमा शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गरेका छन् । 

    महाधिवेशन कार्यक्रममा मुख्यमन्त्री जमरकट्टेलले सांस्कृतिक पक्षको सम्वद्र्धनका लागि लोकसंगीतको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले मुलुकको विकासमा संगीतको योगदान अतुलनीय रहेको धारणा समेत राखेका थिए । महाधिवेशनपछि र्‍याली लगायत विभिन्न कार्यक्रम समेत राखिएको थियो ।

    आमागामी तीन वर्षका लागि कार्यसमितिको नेतृत्व चयनको मुख्य उद्देश्य सहित सुरु भएको महाधिवेशनमा लोक तथा दोहोरी गीतसंगीत क्षेत्रको विभिन्न समस्याको विषयमा छलफल पनि हुनेछ । संस्थाका केही वरिष्ठ उपाध्यक्ष समेत थपिने योजना छ ।

    महाधिवेशनमा संस्थाको आगामी कार्यकालका लागि अध्यक्षमा गायिका रिता थापा मगर र गायक पशुपति शर्मा अध्यक्षका आकांक्षी देखिएका छन् । ३० हजारबढी सदस्य भएपनि हजार बढी प्रतिनिधि सहभागी महाधिवेशन फागुन १४ गते समापन चल्नेछ । महाधिवेशन आफ्नो लक्ष्यमा सफल हुने वर्तमान कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष राधिका हमाल पुनले बताइन् । 

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १४:५६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij