राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज (फागुन १२ गते) अन्तिम नामावली प्रकाशन गर्दैछ ।
मतदाता नामावलीमा समावेश भएका नाममा दावी विरोध, उजुरी र छानविनको काम सकिएकाले आज अन्तिम नामावली प्रकाशन हुन लागेको हो । निर्वाचन कार्यतालिका अनुसार शनिबार (फागुन १३ गते) उमेदवारी दर्ता हुँदैछ ।
राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको समय तय गरिएको छ । मतदान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा हुनेछ । त्यसकालागि दुई वटा मतदान केन्द्र कायम गरिएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ जना मतदाता रहेका छन् ।