Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ जारी

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ जारी


  • 8.4K
    Shares

    प्रस्तावित राजदूतहरुको  संसदीय सुनुवाइ जारी

    काठमाडौँ । प्रस्तावित तीन राजदूतहरुको संसदीय सुनुवाई बिहीबार भइरहेको छ ।

    संसदीय सनुवाई समितिको कार्यालयमा भएको सुनुवाईको क्रममा अमेरिकाका लागि राजदूत प्रस्तावित भएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ कूटनीतिमा जोड दिने बताएका छन् ।

    बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेका पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माको सुनुवाई जारी छ ।

    प्रस्तावित राजदूतविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि संसदीय सुनुवाई समितिले कात्तिक १७ गते सोमबार सुनुवाईको मिति कात्तिक २७ गतेका लागि तय गरेको थियो ।

    मन्त्रिपरिषदको गएको अशोज १६ गते बसेको बैठकले पूर्वअर्थमन्त्री डा। युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

     

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १४:१०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij