२०८२ माघ ७ गते बुधवार
नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम आयोजना गर्दै माओवादीले २८ औं जनयुद्ध दिवस मनाएको हो।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए। माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड लगायतका सहिदहरूको तस्बिरमा माल्यार्पण गरेका छन्। पेरिसडाँडामा रहेको सहिद स्तम्भमा पनि प्रचण्डले माल्यार्पण गरेका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
सरकारको यो निर्णयको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij