Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भोली (फागुन १ गते) जनयुद्ध दिवसमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोली (फागुन १ गते) जनयुद्ध दिवसमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय


  • 2.6K
    Shares

    भोली (फागुन १ गते) जनयुद्ध दिवसमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

    सरकारले आगामी फागुन १ गते पर्ने जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो। वि. सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। 

    त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको सरकारको निष्कर्ष छ। गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका भन्दै बिदा दिन लागिएको हो। 

    जनयुद्धको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक विदा दिने निर्णय लिएको हो। यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो। 

    फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि विभिन्न पालिका तथा कर्णाली र बागमती प्रदेश सरकारले गरिसकेका छन्। 
     

    प्रकाशित मिति :माघ २९ २०७९ आइतवार - १७:३४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij