२०८२ माघ ७ गते बुधवार
आर्थिक वर्ष २०७९/०८०को दोस्रो त्रैमासिक (पुस मसान्त)सम्म डेढ दर्जन बीमा कम्पनीले साढे २ अर्ब नाफा गरेका छन्।
दोस्रो त्रैमासिकसम्म सञ्चालनमा रहेकामध्ये ८ जीवन बीमा र ८ निर्जीवन बीमा कम्पनीले पुस मसान्तसम्म २ अर्ब ५४ करोड १८ लाख रुपैयाँ नाफा गरेका छन्।
यतिबेला वित्तीय विवरण सार्वजनिक गर्ने डेढ दर्जन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै ३७ करोड ४१ लाख नाफा गरेको छ। राष्ट्रिय बीमा संस्थाले सबैभन्दा थोरै १ करोड २ लाख नाफा गरेको छ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने सबै बीमा कम्पनी नाफा गत वर्षको सोही अवधिको तुलनामा नाफा बढाउन सफल भएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij