Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संघीय सांसदहरुलाई आज शीतलनिवासमा राष्ट्रपति भण्डारीको निम्तो

संघीय सांसदहरुलाई आज शीतलनिवासमा राष्ट्रपति भण्डारीको निम्तो


  • 2.6K
    Shares

    संघीय सांसदहरुलाई आज शीतलनिवासमा राष्ट्रपति भण्डारीको निम्तो

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय सांसदहरुलाई शीतल निवासमा बोलाएकी छन्।

    संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गरेको भोलिपल्ट दिउँसो ३ बजे सांसदहरूलाई शीतल निवासमा निम्तो दिएकी हुन्। प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपतिले सांसदहरूलाई बोलाएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।

    आफ्नो ७ वर्षे कार्यकाल सकेर बिदा हुने क्रममा रहेकी राष्ट्रपति भण्डारीको सांसदहरुसँग विदाइ भेटसमेत रहेको बताइएको छ।

    भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिको चुनाव फागुन २५ गते तोकिएको छ।

    प्रकाशित मिति :माघ २८ २०७९ शनिवार - ०९:१७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij