Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बागमती प्रदेशले दिएको जनयुद्ध दिवसको बिदा संघीय सरकारले नमान्ने, स्थानीय तहले मान्नु पर्ने

बागमती प्रदेशले दिएको जनयुद्ध दिवसको बिदा संघीय सरकारले नमान्ने, स्थानीय तहले मान्नु पर्ने


  • 2.8K
    Shares

    बागमती प्रदेशले दिएको जनयुद्ध दिवसको बिदा संघीय सरकारले नमान्ने, स्थानीय तहले मान्नु पर्ने

    काठमाडौं । बागमती प्रदेश सरकारले १ फागुनमा जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    प्रदेश सरकारले दिएको निर्णय भने सिंहदरबार मातहत रहेका कार्यालयहरुले नमान्ने भएका छन् । गृहमन्त्रालय स्रोतका अनुसार संघीय मातहतका कार्यालयहरु फागुन १ गते सञ्चालन हुनेछ । तर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेशभरीका सबै सरकारी कार्यालयहरुको लागि सूचना निकालेको जनाएको छ ।

    ‘प्रदेश सरकारलाई नेपाल सरकारले लागु गर्ने बिदा बाहेक ६ वटा बिदासम्म दिन सक्ने अधिकार दिएको छ, यो ६ वटा बिदा मध्येको एक बिदा हो ।’ मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटा भन्छन् ‘हामीले संघीय कार्यालयको प्रतिनिधिको रुपमा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने हो, हाम्रो मन्त्रालयले गरेको निर्णय संघ, प्रदेश र स्थानीय तह सबैको लागि हो ।’ संघीय कार्यालयहरु बन्द नभए पनि स्थानीय तहरु भने प्रदेश सरकारको निर्णय अनुसार बन्द हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङले प्रदेश सरकारले दिएको बिदा स्थानीय तहले मान्नु पर्ने बताए । उनले सिंहदरबार अन्तर्गतका कार्यालयहरुले भने नमान्न सक्ने पनि बताए ।

    प्रकाशित मिति :माघ २७ २०७९ शुक्रवार - २०:४३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij