२०८२ भाद्र ३ गते मंगलवार
जनयुद्ध दिवस मनाउन गोरखाको ३ वटा स्थानिय तहले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जिल्लाको बारपाक सुलिकोट, भीमसेन थापा र गण्डकी गाउँपालिकाले जनयुद्ध दिवस मनाउन फागुन १ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तिनै वटा स्थानिय तहको गाउँकार्यपालिकाले विभिन्न मितिमा बसेको बैठकले जनयुद्ध दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सार्वजनिक बिदाको दिन गाँउकार्यपालिकाको कार्यालय, पालिका अन्तर्गतका कार्यालयहरु र शौक्षिक संस्थाहरुमा बन्द हुने गाउँपालिकाहरुले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij