Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

उच्चस्तरीय संयन्त्रको बैठक स्थगित गरेर ओली र प्रचण्ड छलफलमा

उच्चस्तरीय संयन्त्रको बैठक स्थगित गरेर ओली र प्रचण्ड छलफलमा


  • 2.2K
    Shares

    उच्चस्तरीय संयन्त्रको बैठक स्थगित गरेर ओली र प्रचण्ड छलफलमा

    काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय समयन्त्रको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

    सयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माबीचबीच बालुवाटारमा छलफल भइरहेको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भइरहेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत नदिए सरकार ढल्ने खतरा छ ।

    सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अगाडि लिएपछि ओली र प्रचण्ड छलफलमा जुटेका हुन् । 

    नाउपाका संरक्षक रेशम चौधरीसहितको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ । नाउपामा सांसद यतिबेला काठमाडौंमा छन् ।

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - १६:०५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij