Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री प्रचण्ड केपी ओलीलाई भेट्न पुगे बालकोट

प्रधानमन्त्री प्रचण्ड केपी ओलीलाई भेट्न पुगे बालकोट


  • 2.7K
    Shares

    प्रधानमन्त्री प्रचण्ड केपी ओलीलाई भेट्न  पुगे बालकोट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

    ओलीको बालकोटस्थित निवासमा जारी भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

    राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने भनेर अडानमा एमाले छ । तर गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरीसकेको छ ।

    सभामुख र केही महत्वपूर्ण मन्त्रालय पाइसकेको नेकपा एमाले भने प्रधानमन्त्री प्रचण्डलाई फकाएर राष्ट्रपति पद पनि हात पार्ने रणनीतिमा छ । प्रचण्डले भने आफ्नो रोजाइको व्यक्तिलाई राष्ट्रपति बनाउन चाहेका छन् । यही रस्साकस्सीका कारण कतिपयले वर्तमान सत्ता गठबन्धन संकटमा पर्न सक्ने अनुमान गरेका छन् ।

    प्रकाशित मिति :माघ २५ २०७९ बुधवार - १०:१४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij