Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

टर्कीमा शक्तिशाली भूकम्पपछि संकटकाल घोषणा

टर्कीमा शक्तिशाली भूकम्पपछि संकटकाल घोषणा


  • 3.7K
    Shares

    • images
    टर्कीमा शक्तिशाली भूकम्पपछि  संकटकाल घोषणा
    images

    टर्कीमा सोमबार बिहान १५ मिनेटको फरकमा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी करिब १२० भन्दा बढीको ज्यान गएकाे छ ।

    भूकम्पपछि टर्की सरकारले देशमा संकटकालको घोषणा गरेको छ । टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भूकम्पले भौतिक संरचना भत्कँदा टर्की र सिरियामा हालसम्म १२० जनाको मृत्यु भइसकेको बीबीसी हिन्दीले जनाएको छ । उद्दार कार्य जारी रहेकाेले मृत्यु तथा घाइते हुनेको संख्या बढ्न सक्ने उद्दारमा संलग्न सुरक्षाकर्मीहरूले जनाएको छ ।

    टर्कीका गृहमन्त्री सुलेमान शोइलुले भूकम्पले देशका १० सहरमा ठूलो प्रभाव पारेको बताए । सबैभन्दा धेरै प्रभावित १० सहरहरूमा काहमानमार्श, हाते, गाजियन्टेप, ओस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिस हुन्।

    स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण ‘युएसजीएस’का अनुसार यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.८ मापन गरिएको छ । त्यसकाे करिब १५ मिनेटपछि अर्काे ठुलाे झट्का महसुस गरिएकाे थियाे ।

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - ११:५८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij