Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विधिवत् रुपमा अन्त्य गरियो एक महिने लामो माधव नारायण व्रत, व्रतालुहरू हनुमान घाटमा (तस्वीरसहित)

विधिवत् रुपमा अन्त्य गरियो एक महिने लामो माधव नारायण व्रत, व्रतालुहरू हनुमान घाटमा (तस्वीरसहित)


  • 3.8K
    Shares

    • images
    विधिवत् रुपमा अन्त्य गरियो एक महिने लामो माधव नारायण व्रत, व्रतालुहरू हनुमान घाटमा (तस्वीरसहित)

    काठमाडौं । माधव नारायणका व्रतालुहरू आज भक्तपुरको हनुमान घाट पुगेका छन्। पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (एक महिनासम्म) चल्ने व्रतका क्रममा उनीहरू आज हनुमान घाट पुगेका हुन्।

    व्रतालुहरू बिहानै हनुमान घाट पुगेर स्नानका साथै माधव नारायणको पूजा आराधना गरेका हुन् । माधव नारायण भगवान विष्णुको अर्को नाम भनिन्छ । विष्णुलाई १२ महिनामा १२ वटा नामले पुकारिन्छ र पूजा गरिन्छ।

    माघ महिनामा माधव नाम हुने भएकाले स्वस्थानीसँगै माधव नारायणको व्रत, पूजा र उपासना गरिन्छ । यसमा खासगरी पुरुषहरु पनि व्रत बस्ने र पूजा गर्ने गर्दछन् । भक्तपुरको हनुमानघाट र साँखुको शालीनदीस्थित माधव नारायणको मन्दिरमा कठोर पूजामा विशेषतः केटा मानिसहरु व्रत बस्ने र पल्टिमार्दै धार्मिक यात्रा पूरा गर्नुपर्ने क्रियाकलाप हुने गर्दछ ।

    स्वस्थानी र माधवनारायणका व्रतालुहरु परदेश यात्राअन्तर्गत काठमाडौंको साँखुस्थित शालीनदीबाट भक्तपुरको चाँगुनारायण मन्दिरसम्म आउँछन् ।

    व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गर्छन् ।माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुनारायणबाट साँखु र्फकने परदेश यात्राको नियम छ । माघ महीनामा शाली नदीमा आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ भक्तजनहरु पुग्ने गर्दछन् ।

    1.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    7.jpg

    8.jpg

    9.jpg

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - १३:२२:५६ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij