Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्दै

रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्दै


  • 2.4K
    Shares

    रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्दै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्न लागेका छन् । आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि उनले विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

    ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालय बाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु’, लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

    उनले सिङ्गो देश र विदेशमा रहने सबैले आजको पत्रकार सम्मेलन  हेरुन्, सुनुन् भन्ने आफूले चाहेको पनि बताएका छन् ।  उनले भनेका छन्, ‘सिधाकुरा नगरेको धेरै भएछ।’

    राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहान साढे ११ बजेपछि पार्टी कार्यालयमा बस्दैछ । बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिने बताइएको छ ।
     
    यसअघि शनिबार बसेको बैठक निष्कर्षविहीन बन्दै आजका लागि सारिएको थियो । रास्वपाले गृह मन्त्रालयमा दाबी गर्दै आएको छ भने त्यो दिन प्रधानमन्त्री सकारात्मक नभएपछि सो पार्टी असन्तुष्ट भएको छ ।

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - ११:११:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij