२०८२ भाद्र २ गते सोमवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा,पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठकलगायतका विविध विषयमा छलफल हुने पार्टी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए।
गृहमन्त्रालयको विषयलाई लिएर सत्ता साझेदार दलबीच खटपट परिरहेका बेला राप्रपाले बैठक बोलाएको हो।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता बदर गरिदिएपछि गृहमन्त्रालय रिक्त रहेको छ। राप्रपाले रिक्त मन्त्री पदपूर्तिका लागि पुन: लामिछानेलाई नै सिफारिस गर्नुपर्ने बताएको बुझिएको छ। लामिछानेले पुन:नागरिकता लिएपछि रास्वपाले गृहमा पुन: दावी गर्दै आएको छ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह रास्वपालाई नदिने बताएका छन्। प्रचण्डले अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह आफैसँग राख्ने बताएका छन्।
गठबन्धन घटक दलभित्र रवि लामिछानेलाई पुनः गृह मन्त्री बनाउने या नबनाउने विषयमा मतभिन्नता देखिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij