Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेपाल राष्ट्र बैंकले गर्‍यो बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाहमा कडाई

नेपाल राष्ट्र बैंकले गर्‍यो बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाहमा कडाई


  • 3.2K
    Shares

    नेपाल राष्ट्र बैंकले गर्‍यो  बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाहमा कडाई

    नेपाल राष्ट्र बैंकले आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले सीपमूलक तथा उत्पादन मूलक उद्योग व्यवसाय संचालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा सो प्रतिशत मात्रै थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने भएको हो ।

    राष्ट्र बैंकले २०७९ साउन १८ गते निर्देशन जारी गरी बैंक तथा वित्तीय संस्थाले २ करोड रुपैयाँ सम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्ववेशी कज्जा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम व्यवसाय (आयातसम्बन्धी व्यवसायबाहेक) संचालनका लागि आाधारदरमा २ प्रतिशतमात्र थप गर्न पाउने भएको हो ।

    साथै यदि कसैले यस्ता खालका कर्जा लिएकोमा अर्थात् लिने वालामा छ भने आधारदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम थप गरी ब्याजदर निर्धारण भएको छ भने आफुले कर्जा लिएको वा लिने संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष दर्ता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    सो सम्बन्धित संस्थाबाट गुनासो सुनुवाई नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - ११:४६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij